भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

उपत्याका ब्यापाी वादविवाद प्रतियोगितामा घिमिरे प्रथम

उपत्याका ब्यापाी वादविवाद प्रतियोगितामा घिमिरे प्रथम

काठमाडौं । दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ प्रर्दशनीमा आयोजित उपत्यका ब्यापी विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा अभियान घिमिरे प्रथम भएका छन् ।

“गुणस्तरीय सिकाईमा भौतिक पुस्तक की डिजिटल प्रविधि” बिषयमा वादविवाद प्रतियोतिमा अरिनीको माध्यामिक विद्यालय भक्तपुर, कक्षा दशमा अध्ययनरत अभियान प्रथम भएका हुन भने विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा १० का पल्पसा काफ्ले दितिय,दुर्गा भवानी ऐकेडेमीमा कक्षा ९ मा दिवास्ना धमला तृतिय र हिम रश्मी माध्यामिक विद्यलयका कक्षा १० मा अध्ययनरत ग्रेसी ज्ञवलीले सान्तवना पुरुस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितमा प्रथम,दितिय,तृतीय र सान्तवनालाई क्रमश पन्ध्र हजार, दश हजार ,पाँच हजार र तिन हजार रुपैया नगद सहित बिभिन्न प्रकाशनका पुस्तकहरु प्रदान गरिएको आयोक समितिका सदस्य पुरुषोत्तम दाहालले बताए । प्रतियोगितामा बिभिन्न बिद्यालयका बिस जनाको सहभागाताी रहेको उनले बताए ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा जारी प्रर्दशनी आईतबार सम्म जारी रहने छ । प्रर्दशनीमा १३ देशका प्रकाशक,लेखक, निर्यात तथा बिभिन्न शैक्षिक सामाग्री उत्पादकहरु सहभागती रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.