भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सप्तकोशी नदीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा सवारी आवागमन खुला

सप्तकोशी नदीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा सवारी आवागमन खुला

काठमाडौँ । सप्तकोशी नदीमा पानीको बहाव क्रमशः घट्दै गएको छ। पानीको मात्रा कम हुँदै गएपछि कोसी ब्यारेज पुलमा सवारीसाधनको आवागमन पनि पुनः खुला गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्।

उनका अनुसार शनिबार सप्तकोशीमा पानीको बहाव पाँच लाख तेइस हजार क्युसेक प्रति सेकेन्डभन्दा बढी पुगेपछि सुरक्षाका कारण कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको थियो। तर अहिले पानीको बहाव घट्दै गएपछि तीमध्ये ५३ वटा ढोका मात्रै खुला राखिएका छन्।

सोमबार बिहानको मापन अनुसार सप्तकोशीको बहाव चार लाख दस हजार नौ सय पन्चानब्बे क्युसेकमा झरेको छ। बिहानैदेखि उक्त क्षेत्रमा घाम लागिरहेको र माथिल्लो तटीय क्षेत्रमा पनि वर्षा नपरेकाले नदीको जलस्तर क्रमशः घट्दै गएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए।

उनका अनुसार परिस्थिति सामान्य हुँदै गएको र बाढीको जोखिम पनि घटेको छ। स्थानीय प्रशासनले भने अझै सतर्कता अपनाउन आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.