भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

सिरहामा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ

सिरहामा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ

जनकपुरधाम, २० असाेज । सिरहाको कल्याणपुर नगरपालिका–८, अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन्।

घटनामा संलग्न भएको आरोपमा पीडितहरूले १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए। जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको र त्यस क्रममा उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको सिराहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिएका छन्।

वडाध्यक्ष यादवका साथै तोडफोड र लुटपाटमा संलग्न स्थानीय राजकुमार सिंह, प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, कैलाश सिंह, गणेश कामती र मुस्तफा राइनलगायतमाथि पनि जाहेरी परेको छ। जाहेरी परेपछि वडाध्यक्ष यादवसहित तीनजनालाई पक्राउ गरिएको र बाँकी प्रतिवादीको खोजी कार्य जारी रहेको एसपी शर्माले बताए।

अरङको ठूलो पोखरीको उत्तरपट्टी डिलमा बसोबास गर्दै आएका पाँच दलित परिवारको घर शुक्रबार साँझ करिब पाँच बजेतिर प्रहरीको उपस्थितिमै तोडफोड र लुटपाट गरिएको आरोप लगाइएको छ। स्थानीय शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानका घरमा तोडफोड गरिएको जनाइएको छ।

पीडितका अनुसार राजकुमार सिंह, प्रभाष सिंह, शैलेन्द्र सिंह, नितेश सिंहलगायत करिब २०–२५ जनाको समूहले घर तोडफोड र लुटपाट गरेको थियो। मिर्चैया र सशस्त्र प्रहरीको थप टोली पुग्दा उनीहरू फरार भएका थिए।

असोज १ गते विश्वकर्मा पूजाका दिन अरङ बजारमा आयोजना गरिएको आर्केस्ट्रा कार्यक्रममा दलित समुदायका युवासँग प्रभाष सिंह समूहको विवाद भएको थियो। सो घटनापछि दलित समुदायले प्रहरीमा उजुरी दिएको र त्यसकै प्रतिशोधस्वरूप घर तोडफोड गरिएको स्थानीयहरूको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.