भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य | आफ्नो पीडा भुलेर नागरिक बचाउन अहोरात्र खटिँदै नेपाल प्रहरी | ग्यास अभाव चर्किएपछि तराईका उद्योगबाट सिलिन्डर भरेर काठमाडौं ल्याउन थालियो |

सप्तरीमा पुजारीको गोली प्रहारबाट मृत्यु, अनुसन्धान सुरु

सप्तरीमा पुजारीको गोली प्रहारबाट मृत्यु, अनुसन्धान सुरु

सप्तरी, २ कार्तिक । सप्तरीको बोदेबर्साइन नगरपालिका–८, काचनस्थित कबिर बाबा मन्दिरका पुजारी रामदुलार साहको आज बिहान हत्या भएको छ। ७७ वर्षीय पुजारी साहलाई अज्ञात समूहले बिहान २ः०० बजे गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन्।

गाउँको पूर्वतर्फ रहेको मन्दिरमा पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए। अज्ञात समूहले उनलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेको प्रहरी विवरणमा उल्लेख छ। घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ र आवश्यक अनुसन्धान शुरु गरिएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेको छ। शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि चेकजाँच तीव्र बनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.