भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मेची राजमार्ग दुई हप्तापछि अवरुद्ध ठाउँबाट खुल्यो, इलाम–झापा यात्रा सहज

मेची राजमार्ग दुई हप्तापछि अवरुद्ध ठाउँबाट खुल्यो, इलाम–झापा यात्रा सहज

काठमाडौँ, २ असाेज । असोज १८ गतेको भारी वर्षापछि अवरुद्ध भएको मेची राजमार्ग अब सञ्चालनमा आएको छ। मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९, इलाम–राजदुवाली सडकखण्ड मर्मतपछि गएराति खुल्यो।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् कि राजमार्गमा गाडीहरू चल्न थालेका छन्। सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको लगातार दुई हप्तासम्मको प्रयासपछि सडक खुल्न सफल भएको डिभिजन प्रमुख पवन भट्टराईले बताए।

पहिरो क्षेत्रमा ठूला गाडीहरू एकपटकमा एउटा मात्र सञ्चालन गर्न सबैलाई सहयोग गर्न आग्रह गरिएको छ। मेची राजमार्ग सञ्चालन भएपछि इलामसहित, पाँचथर र ताप्लेजुङबाट झापा जान तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ पुग्ने यात्रु तथा गाडीलाई सहज भएको छ।

पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदा साना गाडीका लागि बुधबारेबाट तिल्केनी–सिमलगो सडकखण्ड वैकल्पिक रूपमा प्रयोग हुँदै आएको थियो।

यद्यपि, मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) अझै सञ्चालनमा आएको छैन। पुवाखोलाको बेलिब्रिज बाढीले बगाएको र बेलासेमा रहेको माईखोलाको पक्की पुल भाँचिएपछि सडक अवरुद्ध रहेको छ।

 


Thali Mobile Pvt.Ltd.