भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

सौराहामा गोही संरक्षण मेला, गाेहीकाे संख्या घट्दै गएकाे प्रति चिन्ता

सौराहामा गोही संरक्षण मेला, गाेहीकाे संख्या घट्दै गएकाे प्रति चिन्ता

चितवन । पर्यटकीय नगरी सौराहामा गोही र नदी प्रणालीको सुरक्षाका लागि समुदायको ऐक्यवद्धता भन्ने मुल नाराका साथ गोही संरक्षण मेला लागेको छ ।

केयर फर नेचरको आयोजना र पर्यटनसंग सम्बन्धित विभिन्न संघसंस्थाको सहकार्यमा मेला लागेको हो । मेलामा सफा पानीमा पाइने माछा मात्रै खाने घडियाल गोही नदी प्रदुषण र मानवीय गतिविधिका कारण संकटमा परेको जानकारहरूले बताए ।

गोही संगसंगै माछा पनि संरक्षण गर्नुपर्छ तब मात्र गोही पनि संरक्षण हुन्छ, माछा मार्न प्रयोग हुने तियारी जालमा अड्केर घडियाल मर्छन् भन्दै सरोकारवालाले सचेत गराएका थिए ।

घडियाल चितवनको नारायणी र राप्ती तथा बर्दियाको बंबई र कर्णाली नदीमा पाईने हुनाले गोही भारतसम्म जाने गरेको पाइएको छ । यसको संरक्षणमा सरकार, निकुञ्ज, संरक्षणकर्मी, व्यवसायी तथा स्थानीय एकजुट हुन जरुरी रहेको संयोजक रञ्जना भट्टले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत दिल वहादुर पुर्जा पुनले गोहीको संरक्षण गर्न नदिको सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताए । खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा जथाभावी निकाल्नु, माछा मार्नु, माछा मार्न प्रयोग गरिने जालका कारण गोहीको संख्या घट्दै गएको उनको भनाइ छ ।

देशभर २५० को हाराहारीमा घडियाल रहेका छन् । कार्यक्रममा रत्ननगर वडा नं। ७ का वडा अध्यक्ष सजना महतो, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता प्रमुख अनिल प्रसाई, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङ, चित्रसेन मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पुष्पराज श्रेष्ठले धारणा राखेका थिए ।

नेपालमा दुई प्रजातिका गोही पाइन्छन् । सफा बगेको पानीमा बस्ने घडियाल गोही अति संकटापन्न प्रजाति हो । मगर गोही पनि जोखिम अवस्थामा परेको छ । नदी प्रदुषण र माछा मार्न प्रयोग गरिने तियारी जालका कारण नेपालमा घडियाल गोही संकटमा परेकाले सबैले यस विषयमा सोच्न जरूरी छ ।

 


Thali Mobile Pvt.Ltd.