भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ र ‘सोक पिट’ अनिवार्य

घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ र ‘सोक पिट’ अनिवार्य

काठमाडौं । उपत्यकामा घर बनाउँदा अब ‘सेप्टिक ट्यांक’ अनिवार्य गरिएको छ । उपत्यकाका स्थानीय तहहरूका नाममा परमादेश जारी गर्दै सर्वोच्च अदालतले घर बनाउँदा ‘सेप्टिक ट्यांक’ र ‘सोक पिट’ अनिवार्य गरेको हो । सम्पूर्ण नगरपालिकाले घर तथा व्यावसायिक भवनको नक्सा पास गर्दा ‘सेप्टिक ट्यांक’ र आकाशको पानी भूमिगत जलस्रोतमा मिसिने गरी अलग्गै ‘सोक पिट’ नबनाएसम्म नक्सा पास नगर्न’ निर्देशन दिएको हो ।

१३ वर्षअघि परेको रिटमा सर्वोच्चले गरेको आदेशको हालै तयार भएको पूर्ण पाठमा यस्तो भनिएको हो । ‘घर निर्माण र तत्पश्चात् पनि बनेका संरचनाले मापदण्ड पालना गरेका छन् भन्ने विषयमा प्रभावकारी अनुगमन गर्नेरगराउने,’ पूर्णपाठमा भनिएको छ । अधिवक्ता प्रकाशमणि शर्मालगायतले २०६८ मा नदी संरक्षणमा प्रदूषण रोक्न र अनधिकृत रूपले कब्जा गरिएका किनाराका जमिन खाली गराउन सर्वोच्चले आदेश दिनुपर्ने मागका साथ दायर गरेको रिटमा सर्वोच्चले गत पुस ३ मा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले रिट जारी हुने आदेश गरेको थियो ।

त्यही आदेशको सोमबार आएको ८९ पृष्ठ लामो पूर्णपाठमा नदीहरूमा सोझै ढल मिसिने कार्यलाई रोक्न भनिएको हो । त्यसका लागि हाल निर्माणाधीन रहेका ढल प्रशोधन केन्द्रहरूको निर्माण तदारुकताका साथ सम्पन्न गरी तिनलाई सञ्चालनमा ल्याउने र ‘काठमाडौं उपत्यकाको बढ्दो सहरीकरणसमेतलाई दृष्टिगत गरी प्राविधिक रूपले आवश्यक स्थानहरूमा थप ढल प्रशोधन केन्द्रहरू निर्माण र सञ्चालन गर्नेरगराउने’ पूर्ण पाठमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.