भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

चीनको एक सपिङ सेन्टरमा आगलागी, १६ जनाको मृत्यु

चीनको एक सपिङ सेन्टरमा आगलागी, १६ जनाको मृत्यु

काठमाडौं । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । शिन्हुहान प्रान्तको जिगोंग शहरमा १४ तले सपिङ सेन्टरमा बुधबार बेलुकी आगलागी भएको थियो ।

सरकारी समाचार एजेन्सीका अनुसार घटनास्थलमा रातभर आगो निभाउने र उद्धार गर्ने काम जारी थियो । त्यहाँबाट ३० जनालाई सुरक्षित उद्धार गरिएको थियो ।

आगलागीको कारण खुलेको छैन । तर प्रारम्भिक अनुसन्धानमा भवनमा जारी निर्माण कार्य भइरहेका बेला त्यहीँबाट आगो सल्किएको अनुमान छ । आगो लागेको बेला भवन भित्र र त्यस वरपरको क्षेत्रमा कालो धुँवाको मुस्लो उडेको थियो ।

चीनमा धेरैजसो बिजुली सर्ट भएर वा ग्याँस लिक भएर आगलागीका घटना हुने गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार गत मई महिनासम्मको अवधिमा आगलागीका घटना गत वर्षको तुलनामा १९ प्रतिशत बढी भएको छ । होटल र रेष्टुरेन्टमा मात्रै ४० प्रतिशतले आगलागीका घटना बढेका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.