भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सेनाको आग्रह

भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सेनाको आग्रह

काठमाडौं, २७ भाद्र । नेपाली सेनाले पछिल्लो समयमा विभिन्न माध्यममार्फत भ्रामक समाचार, गलत विश्लेषण र झुटा प्रचार भइरहेका भन्दै आम नागरिकलाई सजग रहन आग्रह गरेको छ ।

सेनाले एक विज्ञप्ति जारी गर्दै यस्ता गलत सूचनामा विश्वास नगरी आधिकारिक तथ्यका लागि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय वा स्थानीय तहमा रहेका पृतना हेडक्वार्टरसँग समन्वय गर्न अनुरोध गरेको हो ।

गएराति सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा नेपाली सेनाले सत्ता पूर्वराजालाई हस्तान्तरण गर्दैछ भन्ने हल्ला फैलिएपछि सेनाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

सेनाले यस्तो प्रचार असत्य, भ्रामक र तथ्यविहीन भएको स्पष्ट गर्दै नागरिकलाई संयमित रहन आह्वान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.