भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

सेप्टेम्बर ८ पछि अवधि सकिएका पर्यटकलाई भिसा निःशुल्क नियमितीकरण

सेप्टेम्बर ८ पछि अवधि सकिएका पर्यटकलाई भिसा निःशुल्क नियमितीकरण

काठमाडौँ, २७ भाद्र । अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा अवधि सकिएका विदेशी पर्यटकलाई निःशुल्क भिसा नियमित गर्ने भएको छ ।

विभागका निर्देशक टीकाराम ढकालले विज्ञप्ति जारी गर्दै हालको असामान्य परिस्थितिका कारण भिसा थप गर्न नसकेका विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाटै सहज रूपमा भिसा नियमित गरी प्रस्थान अनुमति दिने बताए ।

उनका अनुसार सेप्टेम्बर ८ सम्मको भिसा मान्य भएका र कर्फ्यू आदेश जारी भएको अवधिमा नेपाल छाड्नुपर्ने अवस्थामा रहेका विदेशी नागरिकलाई कुनै अतिरिक्त शुल्क नलिई भिसा नियमितीकरण र प्रस्थान अनुमति दिइनेछ ।

त्यस्तै, यस अवधिमा राहदानी हराउने तथा सम्बन्धित दूतावासबाट आपतकालीन यात्रा कागजात (ट्राभल डकुमेन्ट) लिइसकेकाका लागि विद्यमान नियमानुसार भिसा हस्तान्तरण र नियमितीकरणको व्यवस्था मिलाइएको छ ।

नेपाल पर्यटन बोर्डले यस विषयमा अध्यागमनसँग समन्वय गर्दै पर्यटकलाई सहज आवागमनका लागि सटल बस, होटल–विमानस्थल यातायात, र २४ सै घण्टा कर्मचारी तैनाथ गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

जेनजी प्रदर्शनका कारण भदौ २४ गते दिउँसो २:३० बजेदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २५ गते दिउँसो २:३० बजे मात्र पुनः सञ्चालनमा आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.