भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

जेनजी आन्दोलनपछि ब्यारेक फर्कियो सेना

जेनजी आन्दोलनपछि ब्यारेक फर्कियो सेना

काठमाडौं । जेनजी समूहले गत भदौ २३ र २४ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि परिचालन गरिएको सेना ब्यारेक फर्किएको छ, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जेनजी आन्दोलनले अराजक रूप लिएपछि ६२ वटा कारागार र ४१ महत्वपूर्ण संरचनाको सुरक्षामा २४ हजार सैनिक प्रत्यक्ष रूपमा खटाइएको थियो ।

सेनाले भने अझै पनि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै २१ स्थानमा फौज तैनाथ रहेको जनाएको छ, प्रदर्शनको पहिलो दिन भदौ २३ गते १९ जनाको मृत्यु भएपछि आन्दोलनले उग्र रूप लिँदै आगजनी, तोडफोड र लुटपाटका घटना सुरु हुन थालेका थिए, जसपछि भदौ २४ गतेदेखि नेपाली सेना देशभर परिचालन गरिएको थियो ।

सेनाका कमान्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) सम्मिलित संयुक्त सुरक्षा फौज करिब सात घण्टाभित्रै अवस्थालाई नियन्त्रणमा लिन सफल भएको थियो । नेपाली सेनाका उपरथी तथा युद्धकार्य विभागका महानिर्देशक अनुपजङ्ग थापाले स्थिति सामान्य बन्दै गएपछि ४१ स्थानमा तैनाथ सेना पुरानै ब्यारेकमा फर्किएको जानकारी दिए ।

सेनाले देशभर ४८४ स्थानमा भएका हिंसात्मक प्रदर्शनमा ७६ जनाको मृत्यु भएको जनाएको छ, जसमध्ये २२ जना प्रदर्शनकारी, तीन जना प्रहरी, १० जना कैदीबन्दी र ४१ जना अन्य व्यक्तिको मृत्यु भएको उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.