भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

गाजामा युद्धविराम उल्लङ्घनको आरोप–प्रत्यारोप, इजरायल–हमासबीच तनाव पुनः चर्कियो

गाजामा युद्धविराम उल्लङ्घनको आरोप–प्रत्यारोप, इजरायल–हमासबीच तनाव पुनः चर्कियो

एजेन्सी । इजरायल र हमासबीच गाजाको युद्धविराम उल्लङ्घन गरेको आरोप–प्रत्यारोप सुरु भएको छ । इजरायली सेनाले हमासका लडाकूहरूले आफ्नो सेनामाथि आक्रमण गरेको दाबी गर्दै जवाफस्वरूप हवाई आक्रमण गरेको जनाएको छ । तर, हमासले भने युद्धविरामको पूर्ण पालना गरिएको दाबी गरेको छ ।

हमासका एक अधिकारीले इजरायलले पुनः आक्रमण सुरू गर्न ‘बहाना’ बनाएको आरोप लगाएका छन् । दुवै पक्षबीच आक्रमणको आरोप–प्रत्यारोप भइरहेका बेला गाजा युद्ध रोक्न नौ दिनअघि गरिएको युद्धविरामलाई दुबै पक्षले पटक–पटक उल्लङ्घन गरेको देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएको छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा पट्टीमा रहेका आतङ्कवादी लक्ष्यविरुद्ध कडा कारबाही गर्न सुरक्षाबललाई निर्देशन दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा गत अक्टोबर १० देखि लागू भएको उक्त युद्धविरामले इजरायल र हमासबीच दुई वर्षभन्दा बढी समयदेखि जारी विनाशकारी युद्धलाई रोक्ने प्रयास गरेको हो । सम्झौता अनुसार बन्धक र कैदीहरूको आदानप्रदान पनि सम्पन्न भएको बताइन्छ ।

 


Thali Mobile Pvt.Ltd.