भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

मानव बेचविखनमा दोषी पाँचजनालाई जेल सजाय

मानव बेचविखनमा दोषी पाँचजनालाई जेल सजाय

काठमाडौं । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेच्ने प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र संगठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ ।

दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीनजनालाई सफाइ दिएको र पाँचजनालाई कसुर कायम गर्दै कैद, जरिबाना र पीडितलाई क्षतिपूर्ति दिने धादिङ जिल्ला अदालतका जिल्ला न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार फैसला गरेको हो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ की २९ वर्षीया गीता न्यौपाने, काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ का ३२ वर्षीया कविता बानियाँ ९आचार्य० र सोलुखुम्बू जिल्ला नेचा सल्यान गाउँ पालिका–२ की ३३ वर्षीया कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष नौ महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र एक लाख ७५ हजार जरिबाना, पीडितलाई ५० हजार क्षतिपूर्ति दिन फैसलामा उल्लेख भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।

अदालतले त्रिपुरासुन्दरी–१ का ३९ वर्षीय कोपिल दमै र त्रिपुरासुन्दरी–३ की ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५र१५ वर्ष कैद र एक÷एक लाख जरिबाना गर्ने फैसला गरेको छ ।

मामाघरमा बसेर अध्ययन गर्दै आएकी किशोरी वि।सं २०७९ मंसिर १५ गतेदेखि घरपरिवार आफन्तको सम्पर्कमा नआएपछि उनको खोजतलास लागि प्रहरीलाई लिखित निवेदन दिइएको थियो ।

बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनि बालिकालाई प्रलोभन देखाएर भारत पुर्याएको अनुसन्धानबाट खुलेको छ ।

 


Thali Mobile Pvt.Ltd.