भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

दैलेख पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

दैलेख पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

दैलेख । दैलेख जिल्ला पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा भएको छ। जिल्लाका एघार वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि शुक्रबार एक कार्यक्रमबीच दैलेखलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।

पूर्ण खोप सुनिश्चितताका लागि नियमित मासिक रूपमा २ सय ६३ खोप केन्द्रबाट ३ हजार ९ सय ४५ सेवाग्राही उमेर समूहका बालबालिकालाई खोप प्रदान गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए।खोप अभियानअन्तर्गत आंशिक रूपमा खोप लगाउन छुटेका ७३ जना बालबालिकालाई नियमित र छुट खोप लगाइएको थियो। जिल्लामा शून्य खोप भएका २८ जना र कार्यालयले सञ्चालन गरेको खोज र खोप अभियान मार्फत ३ जना बालबालिकालाई खोप प्रदान गरिएको जनाइएको छ।

त्यस्तै, डुंगेश्वर गाउँपालिका, ठाँटिकाँध गाउँपालिका र आठबीस नगरपालिकालाई असार १० गते, दुल्लु नगरपालिका र भगवतिमाई गाउँपालिकालाई असार १२ गते, भैरवी गाउँपालिकालाई असार १५ गते र महाबु गाउँपालिकालाई असार १८ गते पूर्ण खोप निरन्तरता तथा दिगोपना घोषणा गरिएको थियो।

दैलेखलाई २०७४ साल असार ४ गते तत्कालीन मध्यपश्चिम विकास क्षेत्रको पहिलो जिल्लाको रूपमा पूर्ण खोप घोषणा गरिएको थियो। सरकारको नीति अनुसार निरन्तर रूपमा दैलेखलाई शुक्रवार ८ औँ पटक पुर्णखोप दिगोपना सुनिश्चितता तथा निरन्तरता जिल्ला घोषणा गरिएको हो।

 

 


Thali Mobile Pvt.Ltd.