भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

शिक्षा समितिले पारित गर्यो विद्यालय शिक्षा विधेयक, अब संसदमा पेश हुने

शिक्षा समितिले पारित गर्यो विद्यालय शिक्षा विधेयक, अब संसदमा पेश हुने

काठमाडौँ । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ। बिहीबार बिहानैदेखि बसेको समितिको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो। समितिले जनाएको अनुसार पारित विधेयक अब प्रतिनिधिसभाको अर्को बैठकमा पेश गरिनेछ।

यसअघि विधेयकमा रहेका केही प्रावधानहरूलाई लिएर विभिन्न सरोकारवालाले असहमति जनाएपछि समितिबाट पारित गर्ने प्रक्रिया अड्किएको थियो। लामो समयको छलफल र समायोजनपछि भने बिहीबारको बैठकले विधेयक पारित गरेको हो।

शिक्षा क्षेत्रमा संरचनागत सुधार, व्यवस्थापन र शिक्षण गुणस्तरलाई ध्यानमा राखेर तयार गरिएको यो विधेयक विद्यालय शिक्षा प्रणालीलाई दीर्घकालीनरूपमा प्रभावकारी बनाउन सक्ने समितिको धारणा छ।

 


Thali Mobile Pvt.Ltd.