भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रुसी आक्रमण रोक्न नेदरल्यान्ड्सले पोल्यान्डमा सैनिक र रक्षा प्रणाली पठाउने

रुसी आक्रमण रोक्न नेदरल्यान्ड्सले पोल्यान्डमा सैनिक र रक्षा प्रणाली पठाउने

एजेन्सी, ५ भाद्र । नेदरल्यान्ड्सले आउँदो डिसेम्बर १ देखि पोल्यान्डमा झन्डै ३ सय सैनिकसहित उन्नत हवाई रक्षा प्रणाली तैनाथ गर्ने घोषणा गरेको छ। नेदरल्यान्ड्सको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको अनुसार, तैनाथ गरिने प्रणालीमा २ प्याट्रियट, १ नासामस र एन्टी–ड्रोन क्षमतायुक्त रक्षा प्रणाली रहेका छन्।

यस तैनाथीले पोल्यान्डमा रहेको युक्रेनका लागि नेटो सुरक्षा सहायता र प्रशिक्षण (NSATU) केन्द्रलाई सुरक्षित गर्नेछ। सो केन्द्रमार्फत युक्रेनलाई सैन्य उपकरण आपूर्ति गर्न सहज हुने मन्त्रालयले जनाएको छ।

नेदरल्यान्ड्सका रक्षामन्त्री रुबेन ब्रेकलमन्सका अनुसार, यस कदमले नेटो क्षेत्रको सुरक्षा बलियो बनाउने, रूसी आक्रमण रोकथाम गर्ने र युक्रेनलाई निरन्तर सहयोग पुर्‍याउनेछ। तैनाथी २०२५ डिसेम्बर १ देखि शुरू भई २०२६ जुन १ सम्म रहनेछ।

यसअघि केही दिनअघि मात्र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेट गरेका थिए। उक्त अवसरमा धेरै युरोपेली नेताहरू पनि सहभागी थिए। नेताहरूले रुस–युक्रेन युद्ध समाधानसँगै युद्धपछिको सुरक्षा ग्यारेन्टी दिने विषयमा युरोपेली राष्ट्रहरूको भूमिकामा ध्यान केन्द्रित गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.