भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपाल शिक्षक महासंघद्वारा कडा आन्दोलनको चेतावनी, सरकारलाई सहमति उल्लंघनको आरोप

नेपाल शिक्षक महासंघद्वारा कडा आन्दोलनको चेतावनी, सरकारलाई सहमति उल्लंघनको आरोप

काठमाडौं, ३० असार । नेपाल शिक्षक महासंघले सरकारसँग भएका विगतका सहमति कार्यान्वयन नगरेको भन्दै फेरि आन्दोलनको चेतावनी दिएको छ । महासंघले विद्यालय शिक्षा विधेयकमा शिक्षक–कर्मचारीमैत्री प्रावधानहरू समावेश नगरेको भन्दै आपत्ति जनाएको छ ।

महासंघका अनुसार, ८९ दिनसम्मको आन्दोलनपछि भएको सहमति अनुसार २०८२ असार १५ भित्र विधेयक प्रतिनिधिसभाबाट पास गरिने भनिए पनि हालसम्म विधेयक संसदमा पेश नै नभएको हो । महासंघले सरकारको व्यवहारले शिक्षक–कर्मचारीको भावना बेवास्ता भएको स्पष्ट देखिएको भन्दै अब नयाँ र कडा आन्दोलन सुरु गर्नुपर्ने मोडमा पुगेको जनाएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भइरहेको छलफलबाट सहमतिहरूलाई तोडमोड गर्न खोजिएको आरोप लगाउँदै महासंघले आम शिक्षक–कर्मचारीको मर्यादा र पेशाको सम्मान विपरीत गतिविधि भइरहेको उल्लेख गरेको छ ।

राज्य पक्ष शासकीय दम्भ र हेपाहा प्रवृत्तिमा लिप्त रहेको आरोप लगाउँदै महासंघले अब आन्दोलन अपरिहार्यजस्तै भएको बताएको छ । महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नेपाल शिक्षक महासंघ नयाँ र अझ कडा आन्दोलनको थालनीको मोडमा आइपुगेको छ । यस विषयमा उचित समयमा आवश्यक निर्णय लिइनेछ ।”

 


Thali Mobile Pvt.Ltd.