भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सुनसरीमा भिनाजुले गोली हानी १८ वर्षीया किशोरीको हत्या

सुनसरीमा भिनाजुले गोली हानी १८ वर्षीया किशोरीको हत्या

सुनसरी, ३० असार । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा सोमबार बिहान २:३० बजे १८ वर्षीया अरसी खातुनको गोली हानी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार, किशोरीमाथि उनका भिनाजु नाता पर्ने भारतीय नागरिक अजाद मियाँ जटले गोली प्रहार गरेका हुन् ।

टाउकोमा गोली लागेकी अरसीको घटनास्थलमै ज्यान गएको थियो । प्रहरीका अनुसार, आरोपी २९ वर्षीय जट हाल फरार छन् र उनको खोजी भइरहेको छ ।

घटनास्थलबाट सानो पेस्तोलमा प्रयोग हुने तर नपड्केको गोलीको खोका फेला परेको बताइएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.