भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

वीरेन्द्रनगर, सुर्खेतमा कृष्ण प्रसाद जैसीको खण्डकाव्य ‘श्रद्धाञ्जली’ विमोचन

वीरेन्द्रनगर, सुर्खेतमा कृष्ण प्रसाद जैसीको खण्डकाव्य ‘श्रद्धाञ्जली’ विमोचन

सुर्खेत, २७ असार । खण्डकाव्यकार कृष्ण प्रसाद जैसी (रुपाखेती) द्वारा लिखित नयाँ खण्डकाव्य ‘श्रद्धाञ्जली’ को विमोचन वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ। दैलेखी सेवा समाज, सुर्खेतको आयोजनामा भएको उक्त समारोहमा खण्डकाव्यले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको थियो।

‘श्रद्धाञ्जली’ खण्डकाव्य स्वर्गीय आमा पवित्रा रुपाखेतीप्रति समर्पित छ र यसले साहित्यिक संसारमा लेखकको सृजनात्मक यात्रा समृद्ध बनाउने अपेक्षा गरिएको छ।

विमोचन प्रमुख जिल्ला अधिकारी जगदीश उपाध्याय र सांसद कृष्णबहादुर जिसीले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा उनीहरूले खण्डकाव्यले नेपाली साहित्यमा नवीनता र संवेदनशीलता थप्ने विश्वास व्यक्त गरे।

लेखक कृष्ण प्रसाद जैसी दैलेखीको नारायण नगरपालिका–२ रुपाखेत टोलका स्थायी बासिन्दा हुन् र हाल वीरेन्द्रनगर–२ मा बसोबास गर्दै आएका छन्। उनले यसअघि पनि थुप्रै फुटकर कविता र लेख प्रकाशित गरिसकेका छन्।

कार्यक्रममा लेखकका पिता प्रेमप्रसाद रुपाखेती, पूर्व सांसद ललिता रेग्मी, दैलेखी सेवा समाजका अध्यक्ष , पदाधिकारी तथा सदस्यहरू, साहित्यप्रेमी र शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेकाे थियो।

 


Thali Mobile Pvt.Ltd.