भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

‘मधु’ सार्वजनिक: तीजको रौनक भर्ने हरिमाया कार्कीको नयाँ सांगीतिक सिर्जना ( भिडियाे सहित )

‘मधु’ सार्वजनिक: तीजको रौनक भर्ने हरिमाया कार्कीको नयाँ सांगीतिक सिर्जना ( भिडियाे सहित )

काठमाडौं, २७ असार । नेपाली नारीहरूको उत्सव तीज नजिकिँदै गर्दा, सांगीतिक र प्रभावशाली कृति ‘मधु’  सार्वजनिक भएकाे छ । गायिका हरिमाया कार्कीको मौलिक सिर्जनामा तयार भएको गीत  हरिमाया कार्की अफिसियल युटुब च्यानलबाट औपचारिक रूपमा सार्वजनिक गरिएको हाे ।

परम्परा र आधुनिकतालाई संगालेर, नारीको भावना, वेदना, उत्सव र प्रेमको मिठास बोकेको ‘मधु’ गीतले यसवर्षको तीजलाई अझ विशेष बनाउने अपेक्षा गरिएको छ। गीतको भिडियो पक्षमा जानकी पुन मगर र समीक्षा सुनारले अभिनयमा जीवन्तता भरिदिएका छन्। दृश्यात्मक सौन्दर्य, सम्वादात्मक हाउभाउ र परम्परागत पहिरनले गीतलाई भावनात्मक गहिराइ दिएको छ।

गीतको कोरियोग्राफीमा चन्द्र ब. मन्दिर मगरको निर्देशन छ भने सह-कोरियोग्राफरमा हेमन्त भुसालले साथ दिएका छन्। गीतको छायांकन, सम्पादन, ग्राफिक्स तथा रंग संयोजन सबै पक्षमा निर्देशक निर्मल प्याकुरेलको रहेकाे छ ।

खेमराज गौतमको संगीत संयोजन रहेको छ भने, गीतको रेकर्डिङ मालश्री स्टुडियोमा सम्पन्न गरिएको हो। आराध्या मिडिया हाउसको व्यवस्थापनमा निर्माण भएको गीतको पोस्ट प्रोडक्सन कृपा एण्ड कृतिका प्रोडक्सन, स्रीनाथ फिल्म्स एण्ड प्रोडक्सन हाउस, र हरिमाया कार्की अफिसियलले संयुक्त रूपमा गरेका हुन्।

भिडियाे हेर्नुहाेस् ..

 


Thali Mobile Pvt.Ltd.