भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

विराटनगरमा श्रमाधान रोजगार मेला सुरु

विराटनगरमा श्रमाधान रोजगार मेला सुरु

काठमाडौं । कोशी प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’ को प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा उद्घाटन भएको छ। दक्ष जनशक्तिका लागि रोजगार प्राप्त गर्न सहज बनाउने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ। दुई दिनसम्म आयोजना हुने मेला जागिर पाउने उपयुक्त थलो बन्न सक्ने श्रमाधान रोजगारी मेला सातै प्रदेशमा आयोजना हुँदै छ।

मेलामा कोशी प्रदेशका ५० भन्दा धेरै उद्योगी व्यवसायीले स्टल राखेका छन्। ती स्टलले रोजगारीका लागि आवेदन आह्वान गरेका छन्। उपयुक्त सीप, दक्षता र योग्यतानुसारको जागिरका त्यहीँ प्रस्ताव गर्न सक्ने प्रबन्ध गरिएको मेला संयोजक गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए।

श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहेको मेलामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सामी कार्यक्रम, रेमी परियोजना, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतका स्टल छन्।

 


Thali Mobile Pvt.Ltd.