भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

चाँदीको मूल्यले नयाँ रेकर्ड बनायो

चाँदीको मूल्यले नयाँ रेकर्ड बनायो

काठमाडाैं, २ पुष ।  नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पहिलो पटक प्रतितोला ४ हजार रुपैयाँ नाघेको हो।

बुधबार चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ। एकैदिन चाँदीको मूल्य तोलामा १ सय ७० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ। यसअघि मंगलबार चाँदी प्रतितोला ३ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

एक साताको अवधिमै चाँदीको मूल्यले लगातार नयाँ रेकर्ड बनाएको हो। यसअघि गत बुधबार चाँदीको मूल्य ३ हजार ९ सय ५ रुपैयाँ पुगेर रेकर्ड बनेको थियो।

त्यसैगरी बुधबार सुनको मूल्य पनि बढेको छ। सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसअघि सोमबार सुनको मूल्य हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.