भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

काठमाण्डौ,२ पुष । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । हिउँदयामको अत्यधिक चिसो मौसममा बेसी नझरी गाउँ बसेका स्थानीय नागरिकहरुको स्वास्थ्य रक्षाका लागि माथिल्लो मुस्ताङको लोमान्थाङ–२ को नामासुङ र न्यानोल गाउँमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, ईलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङ, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरी चौकी छोसेरको संयुक्त आयोजनामा स्थानीय नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य परीक्षण शिविर चलाएको हो ।

हिउँयामको जाडो मौसममा बेसी नझरी गाउँमा बसेका स्थानीय नागरिकहरुलाई ज्वरो, रुघाखोकी र निमोनियालगायतका स्वास्थ्य समस्याहरु देखिने सम्भावना हुने भएको स्थानीय नागरिकहरुको कल्याणका लागि घरदैलोमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।

शिविरमा गाउँमै बसेका स्थानीय नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको प्रमुख पौडेलले बताउनुभयो । एक्याप लोमान्थाङ, सशस्त्र प्रहरी र नेपाल प्रहरीका एकरएक जना स्वास्थ्यकर्मी स्वास्थ्य परीक्षणमा खटिएका प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।

शिविरमा नामासुङ र न्यानोलका १९ महिला र तीन पुरुष गरी २२ जनाले स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभान्वित भएको एक्याप लोमान्थाङले जनाएको छ । यसप्रकारका स्वास्थ्य शिविर आवश्यक अनुसार हिउँदयामभरी सञ्चालन गरिने कार्यालय प्रमुख पौडेलको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.