भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिङ्गापुरमा अनलाइन ठगीका घटना बढ्दै

सिङ्गापुरमा अनलाइन ठगीका घटना बढ्दै

काठमाडौं । सिङ्गापुरमा अनलाइन ठगीका घटना बढ्दै गएपछि प्रहरीले सयौँ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । सिंगापुरको प्रहरीले जुलाई १९ देखि अगस्ट १९ सम्म तीन सय २३ जना संदिग्धमाथि अनुसन्धान गरिरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पक्राउ परेका तीन सय २३ जना ११ सय वटाभन्दा धेरै घटनामा संलग्न रहेका प्रहरीको दाबी छ ।

ई–कमर्स घोटाला, लगानी घोटाला, साथीको नक्कली अकाउन्ट बनाएर फिरौती असुल्ने, इन्टरनेटको माध्यमबाट प्रेमजालको घोटाला र जागिर लगाइदिने भन्दै अनलाइनबाट पैसा असुली गरेको आरोप उनीहरुमाथि छ ।

पीडितले अनलाइन ठगीबाट १० मिलियन सिङ्गापुर डलर अर्थात् झन्डै एक अर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति गुमाएको बताएका छन् ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.