भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

हैजाबाट बच्चे उपाए के ? भक्तपुरमा पनि हैजा संक्रमित भेटिए, हैजा रोगका लक्षणहरु के के हुन् ?

हैजाबाट बच्चे उपाए के ? भक्तपुरमा पनि हैजा संक्रमित भेटिए, हैजा रोगका लक्षणहरु के के हुन् ?

भक्तपुर । उपतयकाका काठमाडौं र ललितपुरमा हैजा संक्रमित देखिएसंगै भक्तपुमा पनि हैजा संक्रमित भेटिएको छ । भक्तपुरमा शनिबार एक जनामा हैजा संक्रमण देखिएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ४ का एकजनामा हैजा संक्रमण देखिएको हो । काठमाडौँको टोखाका १ जनामा र ललितपुर जिल्लाको गोदावारी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १६ जनामा हैजा सङ्क्रमण देखिएको थियो । भक्तपुरका संक्रमित व्यक्तिको विस्तृत विवरण स्वास्थ्य कार्यालय भक्तपुरले खुलाएको छैन ।

हैजा रोगबाट कसरी बच्ने ?
हैजा रोगबाट बच्न हामीले हाम्रो खानपान तथा सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ। विशेष गरी शौचालय प्रयोग गरेपछि र खाना खानु अघि र पछि साबुनपानीले हात धुनुपर्छ । यदि साबुन र पानी उपलब्ध छैन भने ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुपर्छ । त्यस्तै पिउने पानीलाई उमालेर तथा फिल्टर गरेर मात्र पिउने गर्नुपर्छ । साथै हामीले पूरै पकाएको तातो खाना खानुपर्छ ।

सकेसम्म ठेलामा राखेका खानेकुराहरु जस्तै पानीपुरी, चटपटे इत्यादि नखाने र काँचो फलफूल तथा तरकारीहरु खानुभन्दा अगाडी त्यसलाई राम्ररी पखालेर मात्र खानुपर्ने हुन्छ । फोहोर, दिसा, पिसाबको राम्ररी व्यवस्थापन गर्नुपर्छ र पानीको मुहान छेउमा फोहोर गर्नु हुँदैन।

हैजा रोगको घरेलु उपचार के छ ?
अधिकांश मानिसहरूले हैजाको घरमै सजिलै उपचार गर्न सक्छन् । झाडापखाला सुरु भएपछि हामीले मौखिक रुपमा पुनर्जलवियोजन (Oral Rehydration) गर्न सक्छौँ । हामीले एक लिटर पानीमा एक प्याकेट जीवनजल मिसाएर हैजाका बिरामीहरूलाई दिन सकिन्छ ।
बिरामीहरूलाई पहिलो दिन मध्यम जलवियोजन ९ःष्मि म्भजथमचबतष्यल० को उपचार गर्न ६ लिटरसम्म जीवनजल आवश्यक पर्न सक्छ ।
हैजा रोगका लक्षणहरु के के हुन् त ?

हैजा रोगको किटाणुसँग सम्पर्कमा आउने अधिकांश मानिसहरू बिरामी हुँदैनन् र आफू संक्रमित भएको थाहा पाउँदैनन् । तर उनीहरुको दिसामा ७ देखि १४ दिनसम्म हैजाका ब्याक्टेरियाहरू हुन्छन् । हैजा रोगको किटाणुहरु यदि दूषित पानीमा परे भने अरूलाई पनि संक्रमण गर्न सक्छन् ।

 


Thali Mobile Pvt.Ltd.