भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा |

सिरुटारमा ध्यान र उत्प्रेरणाको कार्यक्रम सम्पन्न

सिरुटारमा ध्यान र उत्प्रेरणाको कार्यक्रम सम्पन्न

सिरुटार, १७जेठ २०८२ । श्री नास: धिमे खल: र श्री सोमलिङ्गेश्वर आधारभूत विद्यालयको संयुक्त आयोजनामा बिहान ६ देखि ७ बजे सम्म सूर्यविनायक नगरपालिका–१, सिरुटारमा ध्यान र उत्प्रेरणाको कार्यक्रम सम्पन्न भयो । कार्यक्रम श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसनका संस्थापक अध्यक्ष चन्द्र हरि कायस्थ (श्रीहरि) द्वारा सञ्चालन गरिएको थियो ।

श्री सोमलिङ्गेश्वर आधारभूत विद्यालय विद्यालयकी प्रधानाध्यापक मञ्जु बस्नेतले ध्यान र उत्प्रेरणा विद्यार्थी, शिक्षक मात्र नभई सम्पूर्ण व्यक्तिका लागि आवश्यक रहेको बताउँदै फाउन्डेसनसँग निरन्तर सहकार्य गर्न आफू सधैं तयार रहेको बताइन् । उनले यस्ता कार्यक्रम प्रत्येक शनिबार तथा विशेष अवसरहरूमा निरन्तर सञ्चालन गर्न आग्रह समेत गरिन् ।

कार्यक्रमका प्रमुख वक्ता श्रीहरिले ध्यान कुनै  ‘गर्ने क्रिया’ नभई अक्रियात्मक अवस्था भएको व्याख्या गर्दै भने, “हामी सानैदेखि केही गर्नुपर्छ भनेर सिकिन्छ, तर केही नगरिकन बस्ने कला कोही कसैले सिकाउँदैन ।” उनले ‘ध्यान’ भन्नाले २४ घण्टामा कम्तीमा आफ्नाे उमेर बराबरकाे समय (मिनेट) शान्त रूपमा  (अक्रिया अवस्थामा) बस्ने अभ्यास हो भन्ने दृष्टिकोण प्रस्तुत गरे ।

उनले बताएअनुसार यो ध्यान विधि करिब १२–१३ वर्षअघि नै प्रतिपादन गरिए पनि अहिले मात्र समय अनुकूल भएको भन्दै श्रीहरि सेल्फ रियलाइजेसनल फाउन्डेसन विधिवत रूपमा दर्ता गरी श्रीहरि ध्यान नामक युट्युब च्यानलमार्फत २४ मिनेटको सरल ध्यान विधि सार्वजनिक गरिएको बताए । यसले ध्यान कहिल्यै नगरेका व्यक्तिहरूले पनि सजिलै ध्यान अभ्यास गर्न सक्ने बताए ।

कार्यक्रममा नास: धिमे खल:का पदाधिकारी, स्थानीय बुद्धिजीवी, वृद्ध, युवा तथा समाजका गन्यमान्य व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो । सहभागीहरूले ध्यान पश्चात् मानसिक शान्ति, शारीरिक हल्कापन तथा आन्तरिक सन्तोषको अनुभूति भएको सन्देश साझा गरेका थिए ।

अन्त्यमा, नास: धिमे खल:का अध्यक्ष प्रेमकृष्ण श्रेष्ठले खल:द्वारा विगत दुई वर्षदेखि नेवारी संस्कृति, भाषा र सम्पदाको संरक्षणमा क्रियाशील रूपमा योगदान दिइरहेको र विभिन्न ढिमे प्रतियोगिताहरूमा सफलता हासिल गरेको जानकारी गराउँदै फाउन्डेसनसँग निरन्तर सहकार्यको प्रतिबद्धता व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.