भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

वडा नं ९ मा नाक, कान र घाँटीको निःशुल्क परीक्षण शिविर सम्पन्न

वडा नं ९ मा नाक, कान र घाँटीको निःशुल्क परीक्षण शिविर सम्पन्न

भक्तपुर, १७ जेठ । भक्तपुर नगरपालिका वडा नं ९ कार्यालयको आयोजनामा नाक, कान र घाँटी (ईएनटी) को निःशुल्क स्वास्थ्य परीक्षण शिविर शनिबार दत्तात्रय आधारभूत विद्यालयमा सम्पन्न भएको छ। सरकारले स्वास्थ्य क्षेत्रलाई उपेक्षा गरेको बताउँदै, नगरपालिका भने आधारभूत स्वास्थ्य सेवा विस्तारमा निरन्तर क्रियाशील रहेको भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी जोशीले बताउनुभयाे ।

उप–प्रमुख जोशीले नगरवासीको स्वास्थ्यमा पहुँच वृद्धि गर्ने उद्देश्यले प्रत्येक वडामा नियमित रूपमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको जानकारी दिनुभयाे । साथै, यस्ता शिविरमा जनसहभागिता कम रहेकोप्रति चिन्ता व्यक्त गर्दै, रोग गम्भीर भएपछि मात्र अस्पताल धाउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता उहाले औँल्याउँनुभयाे ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम निर्माणका लागि वडा मार्फत योजना छनोट गरी नगरपालिकालाई जानकारी गराउन नगरवासीलाई आग्रहसमेत गर्नुभयाे ।

कार्यक्रममा वडा नं ९ का अध्यक्ष रविन्द्र ज्याख्वले स्वास्थ्य शिविरहरु रोग पहिचान र रोकथामका लागि महत्त्वपूर्ण हुने भन्दै नगरवासीको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयाे । उहाँले ख्वप अस्पतालमार्फत सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा नेपाल सरकारसँग २६ करोड लिन बाँकी रहेको र छिट्टै ख्वप अस्पतालमा सिटी स्क्यान सेवा सुरु गर्ने पहल भइरहेको जानकारी पनि दिनुभयाे । 

अध्यक्ष ज्याख्वले ख्वप अस्पतालले भक्तपुर मात्र होइन, देशभरका नागरिकलाई समेत सेवा दिँदै आएको र प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गर्दै जनताको सेवा भइरहेको उल्लेख गर्नुभयाे ।

कार्यक्रममा वडा नं ९  महिला सदस्य तथा कार्यपालिका सदस्य छोरीमैया सुजखु प्रजापतिले पनि बाेल्नुभएकाे थियाे ।  भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्राविधिक सहयोगमा १३० जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने निःशुल्क औषधि वितरण पनि गरिएको थियो।

 


Thali Mobile Pvt.Ltd.