भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

सोलुखुम्बुमा निःशुल्क महिला ट्रेकिङ गाइड तालिम सुरु, १५ दिनमा २८ सहभागीसँग सीप विकास लक्ष्य

सोलुखुम्बुमा निःशुल्क महिला ट्रेकिङ गाइड तालिम सुरु, १५ दिनमा २८ सहभागीसँग सीप विकास लक्ष्य

काठमाडौँ, ३ मंसिर । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत दिगो पर्यटन परियोजना (STP) को सहकार्यमा सोलुखुम्बुको गर्मामा मंगलबारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरु गरिएको छ।

महिला सशक्तीकरण र दिगो पर्यटन विकासलाई प्राथमिकतामा राखिएको यो १५ दिने आवासीय तालिममा देशका विभिन्न स्थानबाट छानिएका २८ महिलाको सहभागिता छ।

बोर्डको सहकार्यमा नेपाल माउन्टेन एकेडेमीले संचालन गर्दै आएको तालिमले सहभागीहरूलाई पदमार्गको प्राविधिक ज्ञान, सुरक्षा व्यवस्थापन, प्राथमिक उपचार, हिमाली क्षेत्रको आचरण तथा पेशागत सेवा गुुणस्तर वृद्धि गर्ने सीप प्रदान गर्न लक्ष्य राखेको छ।

उद्घाटन समारोहमा सोलुखुम्बु जिल्ला समन्वय अधिकारी चन्द्रसिंह श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिकाका प्रशासन प्रमुख तुक्ति शेर्पा, वडा–७ का अध्यक्ष सोनाम शेर्पा, वडा सदस्य बलकाजी कार्की तथा नं. व्यावसायिक तालिम केन्द्रका प्रिन्सिपल लाक्पा रिन्जी शेर्पाले प्रशिक्षणले महिलाको पर्यटन क्षेत्रप्रतिको आकर्षण बढाउँदै हिमाली पर्यटनलाई अझ सुरक्षित, विश्वसनीय र समावेशी बनाउने विश्वास व्यक्त गरे।

अधिकारीहरूका अनुसार, नेपाल पर्यटन बोर्डले अघि सार्दै आएका क्षमता विकास कार्यक्रमहरूले स्थानीयदेखि राष्ट्रिय तहसम्म दिगो पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण आधार तयार पारेका छन्।

बोर्डले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने, समुदायमा आधारित पर्यटन बलियो बनाउने र महिलाको आर्थिक सशक्तीकरणका अवसरहरू थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.