भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

अख्तियार प्रमुखसहित ३२ संवैधानिक पदाधिकारीको नियुक्ति असंवैधानिक भन्दै काममा रोक माग

अख्तियार प्रमुखसहित ३२ संवैधानिक पदाधिकारीको नियुक्ति असंवैधानिक भन्दै काममा रोक माग

काठमाडौँ, २० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित ३२ संवैधानिक पदाधिकारीलाई काम गर्न रोक लगाउन सर्वोच्च अदालतमा निवेदन परेको छ।

बिहीबार अधिवक्ताहरू दिपक अधिकारी, यज्ञमणि न्यौपाने, टीकाप्रसाद ढकाल र भोजराज पाण्डेले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतका मुख्य रजिस्टार र ३२ संवैधानिक पदाधिकारीहरूलाई विपक्षी बनाएर सर्वोच्चमा निवेदन पेश गरेका छन्।

निवेदकहरूले बुधबार मध्यराति संवैधानिक इजलासले गरेको फैसलामा ती पदाधिकारीहरूको नियुक्ति अवैध ठहर गर्दै कामकारबाहीमा रोक लगाउन माग गरेका छन्। संवैधानिक इजलासका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश नहकुल सुवेदी र सपना प्रधान मल्लबीच मतभेद देखिएको छ।

प्रधान न्यायाधीश र सुवेदी नियुक्ति अवैध ठहर गरेका छन् भने शर्मा र चुडालले वैध देखेका छन्।निवेदनमा भनिएको छ कि संवैधानिक इजलासको बहुमत राय अनुसार नियुक्ति अवैधानिक भएकाले उक्त पदाधिकारीहरूलाई तत्काल पदबाट हटाएर काम गर्न रोक लगाउन आदेश दिनुपर्नेछ।

सर्वोच्च अदालतका रजिस्टारले निर्णय कार्यान्वयनका लागि आदेश जारी नगरेको हुँदा निवेदकहरूले ३२ जनालाई तत्काल कार्यमा रोक लगाउन माग गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.