काठमाडौँ, २० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित ३२ संवैधानिक पदाधिकारीलाई काम गर्न रोक लगाउन सर्वोच्च अदालतमा निवेदन परेको छ।
बिहीबार अधिवक्ताहरू दिपक अधिकारी, यज्ञमणि न्यौपाने, टीकाप्रसाद ढकाल र भोजराज पाण्डेले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतका मुख्य रजिस्टार र ३२ संवैधानिक पदाधिकारीहरूलाई विपक्षी बनाएर सर्वोच्चमा निवेदन पेश गरेका छन्।
निवेदकहरूले बुधबार मध्यराति संवैधानिक इजलासले गरेको फैसलामा ती पदाधिकारीहरूको नियुक्ति अवैध ठहर गर्दै कामकारबाहीमा रोक लगाउन माग गरेका छन्। संवैधानिक इजलासका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश नहकुल सुवेदी र सपना प्रधान मल्लबीच मतभेद देखिएको छ।
प्रधान न्यायाधीश र सुवेदी नियुक्ति अवैध ठहर गरेका छन् भने शर्मा र चुडालले वैध देखेका छन्।निवेदनमा भनिएको छ कि संवैधानिक इजलासको बहुमत राय अनुसार नियुक्ति अवैधानिक भएकाले उक्त पदाधिकारीहरूलाई तत्काल पदबाट हटाएर काम गर्न रोक लगाउन आदेश दिनुपर्नेछ।
सर्वोच्च अदालतका रजिस्टारले निर्णय कार्यान्वयनका लागि आदेश जारी नगरेको हुँदा निवेदकहरूले ३२ जनालाई तत्काल कार्यमा रोक लगाउन माग गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैंकले चेक अनादर (चेक बाउन्स) सम्बन्धी नयाँ र कडा व्यवस्था जारी गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन संशोधन गर्दै चेक...
काठमाडौँ, २७ असार । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले गम्भीर संकट निम्त्याउन थालेको छ। पछिल्ला घटनाक्रमहरूले हिमताल विस्फोट (GLOF: Glacial Lake Outburst Flood) को जोखिम थप बढेको देखिएको...
झापा, २७ असार । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर चिन्तित छन् । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार...
काठमाडौँ, २६ असार । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मिर्गौला, मुटु, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकल सेल एनिमिया गरी आठ जटिल रोगका बिरामीलाई उपचारमा थप एक लाख...