भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

जापानको एच–३ रकेट प्रक्षेपण असफल

जापानको एच–३ रकेट प्रक्षेपण असफल

एजेन्सी, ८ पुस । जापानले प्रक्षेपण गरेको ‘एच–३ रकेट’ले ‘मिचिबिकी नम्बर ५’ उपग्रह कक्षमा पुर्‍याउन असफल भएको छ। यस असफलताले जापानको जीपीएस सुधारसम्बन्धी योजनामा प्रभाव पर्ने देखिएको छ।

जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ‘मिचिबिकी नम्बर ५’ जापानको क्वासी–जियोस्टेशनरी स्याटेलाइट प्रणाली (क्यूजेडएसएस) अन्तर्गतको पाँचौँ उपग्रह हो। यस उपग्रहको मुख्य उद्देश्य जीपीएस सङ्केत सुधार गरी स्मार्टफोन, सवारीसाधनका नेभिगेसन प्रणाली तथा अन्य स्थान–निर्धारण सेवाहरूमा शुद्धता बढाउनु रहेको थियो।

जापानको अन्तरिक्ष अनुसन्धान निकायले आठौँ एच–३ रकेट कागोशिमास्थित तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान १० बजेर ५१ मिनेटमा प्रक्षेपण गरेको थियो। तर दोस्रो चरणको इन्जिन निर्धारित समयभन्दा अगावै बन्द भएपछि रकेट प्रक्षेपण असफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

अन्तरिक्ष अनुसन्धान निकायले हाल घटनाको विस्तृत मूल्याङ्कन गर्दै इन्जिन समयअघि बन्द हुनुको कारण पत्ता लगाउने काम गरिरहेको जनाएको छ। असफल प्रक्षेपणका कारण मोबाइल फोन, सवारीसाधनका नेभिगेसन प्रणाली तथा अन्य स्थान–निर्धारण सेवाको शुद्धता सुधार गर्ने योजनामा ढिलाइ हुन सक्ने देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.