भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

चोछेँस्थित सुन्दरी गोपाल मन्दिर शिलान्यास

चोछेँस्थित सुन्दरी गोपाल मन्दिर शिलान्यास

भक्तपुर । चोछेँस्थित सुन्दरी गोपाल मन्दिरको शिलान्यास भएको छ । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं.६ उक्त मन्दिर सोमबार शिलान्यास गर्नुभएको हो । प्रमुख प्रजापतिले जनताको सहभागितामा सम्पदा पुनःनिर्माण र जीर्णोद्धार भक्तपुरको विशेषता नै बनेको बताउनुभयो ।

भूकम्पले भत्केका थुप्रै सम्पदाहरु भक्तपुर नपाले विदेशीको सहयोगविना नै सम्पन्न गरिसकेको बताउँदै उहाँले मौलिकता गुमेपछि सम्पदाको कुनै अर्थ नहुने हुँदा हरेक सम्पदाको विस्तृत अध्ययन र अनुसन्धान गरी मौलिक संरचनामै निर्माण गरेको बताउनुभयो ।

उपभोक्ता समितिमा बसेर काम गर्नेहरु इमानदार भएमा नै हरेक संरचना राम्रो बन्ने गर्दछ भन्दै उहाँले ठेक्कामा दिएको संरचना गुणस्तरीय नहुने हुँदा सम्पदाहरु स्थानीय जनतालाई नै निर्माणको जिम्मेवारी दिनुपर्ने धारणा राख्नुभयो । प्रमुख प्रजापतिले भक्तपुर पर्यटकीय गन्तव्यस्थल बन्दै गएको चर्चा गर्दै शिक्षा, स्वास्थ्य उपचार र सरसफाइमा भक्तपुर नमुनाको रुपमा अगाडि बढेसँगै भक्तपुरका जनताको इज्जत पनि बढेको बताउनुभयो ।

परनिर्भर मानिसहरु स्वाभिमानीपूर्वक अघि बढ्न नसक्ने हुँदा भक्तपुर नगरपालिकाले जस्तोसुकै दुःख कष्ट सहेर भए पनि आत्मनिर्भरतालाई जोड दिइआएको उहाँले सोही क्रममा बताउनुभयो । सुन्दरी गोपाल मन्दिर पुनः निर्माण शिलान्यास कार्यक्रमका सभापति एवं वडाध्यक्ष हरिराम सुवालले आ।व। २०८१÷८२ मा भइरहेको विकाश निर्माण कार्य वडावासीहरुकै साथ, सहयोग र सल्लाहमा अघि बढरहेको चर्चा गर्दै मन्दिर पुनः निर्माण कार्यमा पनि उपभोक्ता समिति सक्रिय रुपमा आर्थिक सहयोग जुटाउनुका साथै श्रमदान जुटाई समयमै पुनः निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समिति अध्यक्ष एवम् वडा नं.६ का वडा सदस्य गोविन्द दुवालले विश्व सम्पदा सूचिकृत भक्तपुर नगर विश्वको सम्पत्ति, अध्ययन, अनुसन्धानको थलो रहेको चर्चा गर्दै राजनैतिक क्षेत्र राम्रो भएमात्र सबैक्षेत्रमा उन्नति प्रगति हुने बताउ“दै बहुदल आएपछि सत्तासिन दलहरुबाट जनतालाई विश्वासघात गरिरहेको छ भन्नुभयो ।

कार्यपालिका सदस्य रोशनमैया सुवालले भक्तपुर नगरपाालिकाले कला संस्कृति, शिक्षा, स्थास्थ्य र सफाई क्षेत्रमा अग्रणी भूमिका निभाइरहेको छ भन्नुभयो । उक्त कार्यक्रममा शिक्षक जगनाथ सुजखु, सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठ र वडा सदस्य सिद्धिराम अवालले आ–आफ्नो धारणा राख्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.