भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी

सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी

काठमाडौँ, १७ भदाै । देशका विभिन्न भागमा भइरहेको वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेको छ । सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजेको मापनमा यी तीनवटै नदीमा जलसतह सतर्कता तह पार गरेको हो । सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा जलसतह ७.६२ मिटर पुगेको छ । यहाँ ७.५ मिटरलाई सतर्कता तह मानिन्छ । पछिल्लो मापनअनुसार सुनकोशीको पानीको बहाव अहिले स्थिर रहेको छ ।

त्यस्तै, गोरखाको आरुघाटस्थित बुढीगण्डकी नदीमा जलसतह ३.६ मिटर पुगेको छ । उक्त स्थानमा ३.५ मिटरलाई सतर्कता तह मानिएको छ । बुढीगण्डकीमा भने पानीको सतह विस्तारै घट्ने क्रममा रहेको जनाइएको छ ।

डडेलधुराको पारीगाउँस्थित महाकाली नदीमा पनि जलसतह ६.३७ मिटर पुगेको छ । यहाँको सतर्कता तह ५.८ मिटर हो । महाकाली नदीको बहावसमेत अहिले स्थिर रहेको छ । नदीहरूमा पानीको सतह बढेर सतर्कता तह पार गरेपछि बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

वर्षा जारी रहेमा नदीको जलसतह थप बढ्न सक्ने सम्भावना रहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन, नदी तथा खोलानाला नजिक नजान र सम्भावित जोखिमका लागि सुरक्षित स्थान पहिचान गरेर राख्न आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.