बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी

बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी

मुख्य बुँदा

चीनले भदौ १० गतेको विनाशकारी बाढी–पहिरोबारे १२ दिनअघि नै नेपाललाई सचेत गराएको दाबी ।

विश्व मौसम विज्ञान केन्द्रमार्फत इमेलबाट पूर्वसूचना पठाइएको चीनको भनाइ ।

भारी वर्षा, भूक्षय र आकस्मिक बाढीको उच्च जोखिमबारे चेतावनी दिइएको दाबी ।

विपत्तिमा नेपाल र तिब्बतमा गरी ९५५ जनाको मृत्यु भएको उल्लेख ।

नेपालमा मात्रै ९३९ जनाको मृत्यु, तिब्बतमा १६ जनाको मृत्यु ।

३ हजार ९ सयभन्दा बढी मानिस सम्पर्कविहीन रहेको जनाइएको छ ।

चीनको दाबीबारे नेपालका सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी ।

काठमाडौँ, १६ भदाै । नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबारे चीनले विपत्ति आउनुभन्दा १२ दिनअघि नै नेपाललाई पूर्वसूचना दिएको दाबी गरेको छ ।

प्राकृतिक विपत्तिका बेला आवश्यक तथ्याङ्क तथा पूर्वसूचना उपलब्ध नगराएको भन्दै चीनको आलोचना भइरहेका बेला बेइजिङले आफ्नो बचाउमा यस्तो दाबी गरेको हो ।

चीनका अनुसार उसको विश्व मौसम विज्ञान केन्द्रले विपत्ति आउनुभन्दा १२ दिनअघि नै नेपाललाई इमेलमार्फत सम्भावित प्राकृतिक जोखिमबारे जानकारी गराएको थियो । उक्त इमेलमा नेपालमा भारी वर्षा हुने, भूक्षयको जोखिम बढ्ने तथा आकस्मिक बाढी आउन सक्ने सम्भावनाबारे सचेत गराइएको चीनको दाबी छ ।

चीनले सम्भावित जोखिमबारे समयमै प्राविधिक सूचना उपलब्ध गराएको भन्दै आफूले सूचना लुकाएको आरोपको खण्डन गरेको छ ।यसैबीच, पछिल्लो तथ्याङ्कअनुसार बाढी तथा पहिरोका कारण नेपाल र तिब्बतमा गरी ९५५ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

नेपालमा मात्रै मृत्यु हुनेको सङ्ख्या ९३९ पुगेको छ भने तिब्बतमा १६ जनाको मृत्यु भएको जनाइएको छ । विपत्तिपछि अझै ३ हजार ९ सयभन्दा बढी मानिस सम्पर्कविहीन रहेको बताइएको छ । बेपत्ताको खोजी तथा उद्धार जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा प्रकाशित विवरणअनुसार चीनले नेपाललाई समयमै प्राविधिक सूचना उपलब्ध गराएको दाबी गरेको हो । यद्यपि, चीनले पठाएको भनिएको उक्त पूर्वसूचना र इमेलबारे नेपालका सम्बन्धित निकायबाट आधिकारिक प्रतिक्रिया आउन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.