भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुनकोसी–मरिण डाइभर्सन, आज ‘ब्रेक थ्रु’

सुनकोसी–मरिण डाइभर्सन, आज ‘ब्रेक थ्रु’

काठमाडौं । सिन्धुलीमा निर्माणाधिन बहुचर्चित सुनकोसी–मरिण डाइभर्सन सुरुङको आज ‘ब्रेक थ्रु’ हुँदैछ। सुनकोसी गाउँपालिका–७ कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटर सुरुङ खनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ‘ब्रेक थ्रु’ गर्ने तयारी आयोजनाले गरेको छ।

प्रधानमन्त्री प्रचण्ड हिजै सिन्धुलीमा गएर बसेका छन् । आज बिहान करिब १० बजे विशेष कार्यक्रमकाबीच गुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिने प्रचण्डको सचिवालयले जनाएको छ ।कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुंग्रीसम्म रहने डाइभर्सनको सुरुङ मार्ग १३ दशमलव तीन किलोमिटर लामो छ ।

आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोसी र तामाकोसीको संगमस्थलभन्दा ९ सय मिटर तल कानढुंग्रीबाट बाहिर निकालिएपछि सुरुङ निर्माण कार्यको ‘ब्रेक थ्रु’ हुने आयोजना प्रमुख मित्र बरालले बताए ।

राष्ट्रिय गौरवको यो आयोजनको सुरुङ खन्ने कामको लागि २२ महिनाको लक्ष्य निर्धारण गरिएको थियो । लक्ष्यभन्दा ३ महिना २ दिनअगावै चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले सुरुङ निर्माण कार्य सकेपछि ‘ब्रेक थ्रु’ गर्न लागिएको हो ।

 


Thali Mobile Pvt.Ltd.