भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

सुनकोसी–मरिण डाइभर्सन, आज ‘ब्रेक थ्रु’

सुनकोसी–मरिण डाइभर्सन, आज ‘ब्रेक थ्रु’

काठमाडौं । सिन्धुलीमा निर्माणाधिन बहुचर्चित सुनकोसी–मरिण डाइभर्सन सुरुङको आज ‘ब्रेक थ्रु’ हुँदैछ। सुनकोसी गाउँपालिका–७ कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटर सुरुङ खनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ‘ब्रेक थ्रु’ गर्ने तयारी आयोजनाले गरेको छ।

प्रधानमन्त्री प्रचण्ड हिजै सिन्धुलीमा गएर बसेका छन् । आज बिहान करिब १० बजे विशेष कार्यक्रमकाबीच गुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिने प्रचण्डको सचिवालयले जनाएको छ ।कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुंग्रीसम्म रहने डाइभर्सनको सुरुङ मार्ग १३ दशमलव तीन किलोमिटर लामो छ ।

आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोसी र तामाकोसीको संगमस्थलभन्दा ९ सय मिटर तल कानढुंग्रीबाट बाहिर निकालिएपछि सुरुङ निर्माण कार्यको ‘ब्रेक थ्रु’ हुने आयोजना प्रमुख मित्र बरालले बताए ।

राष्ट्रिय गौरवको यो आयोजनको सुरुङ खन्ने कामको लागि २२ महिनाको लक्ष्य निर्धारण गरिएको थियो । लक्ष्यभन्दा ३ महिना २ दिनअगावै चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले सुरुङ निर्माण कार्य सकेपछि ‘ब्रेक थ्रु’ गर्न लागिएको हो ।

 


Thali Mobile Pvt.Ltd.