सुनसरी, ३० असार । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा सोमबार बिहान २:३० बजे १८ वर्षीया अरसी खातुनको गोली हानी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार, किशोरीमाथि उनका भिनाजु नाता पर्ने भारतीय नागरिक अजाद मियाँ जटले गोली प्रहार गरेका हुन् ।
टाउकोमा गोली लागेकी अरसीको घटनास्थलमै ज्यान गएको थियो । प्रहरीका अनुसार, आरोपी २९ वर्षीय जट हाल फरार छन् र उनको खोजी भइरहेको छ ।
घटनास्थलबाट सानो पेस्तोलमा प्रयोग हुने तर नपड्केको गोलीको खोका फेला परेको बताइएकाे छ ।