भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सुनसरीको जलुवाटोलमा बस – माइक्रोबस दुर्घटना, ३ जनाको ज्यान गयो

सुनसरीको जलुवाटोलमा बस – माइक्रोबस दुर्घटना, ३ जनाको ज्यान गयो

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा बिहान भएको बस र माइक्रोबस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा  १५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मृतकहरूको पहिचान अझै खुल्न बाँकी छ । घाइतेहरूलाई इनरुवा अस्पताल, विराटनगर न्यूरो अस्पताल र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बस चालक झापा, अर्जुनधारा नगरपालिका–१ निवासी गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.