भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

गुल्मीकाे रेसुङ्गा नगरपालिकामा ३ वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे सम्पन्न

गुल्मीकाे रेसुङ्गा नगरपालिकामा ३ वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे सम्पन्न

गुल्मी, २६ साउन । गुल्मीको रेसुङ्गा नगरपालिकाले पछिल्ला तीन वर्षमा ६५ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको छ । स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नगरपालिकाले सडक पहुँच सुधार, आवागमन सहजता र आर्थिक गतिविधि प्रवर्द्धनका लागि सडक स्तरोन्नति तथा विस्तारमा गति दिएको हो ।

तीन वर्षको अवधिमा १० किलोमिटर सडक ग्राभेल गर्ने काम समेत सम्पन्न भएको छ । आर्थिक वर्ष २०७९/८० मा २४ किलोमिटर, २०८०/८१ मा १८ किलोमिटर र २०८१/८२ मा २३ किलोमिटर सडक कालोपत्रे गरिएको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

२०७९ सालको निर्वाचनपछि जनप्रतिनिधिहरुले १०० किलोमिटर सडक कालोपत्रे गर्ने महत्वाकांक्षी लक्ष्य लिएका थिए । हालसम्म ६५ किलोमिटर काम सम्पन्न भइसकेको र बाँकी ३५ किलोमिटर कालोपत्रे गर्न योजनाबद्ध रूपमा काम भइरहेको पन्थीले बताए ।

जिल्ला सदरमुकाम तमघाससमेत पर्ने रेसुङ्गामा कालोपत्रे बढेपछि आवागमन सहज बनेको छ । वर्षामा हिलाम्मे हुने, सवारीसाधन चलाउन कठिन हुने, स्कुल र स्वास्थ्य संस्थामा पुग्न समस्या हुने जस्ता चुनौतीहरूमा कमी आएको स्थानीयवासी बेदप्रसाद आचार्यले बताए । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीका अनुसार सडक पूर्वाधारलाई विकासको मेरुदण्ड मान्दै शिक्षा, स्वास्थ्य, कृषि र व्यापार क्षेत्रलाई जोड्ने गरी सडक विस्तार भइरहेको छ ।  बाँकी कार्यका लागि आवश्यक बजेट संघीय तथा प्रदेश सरकारसँग माग गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.