भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सौतेनी र आफ्ना छोराछोरीबीच अंशमा विभेद गर्न नपाइने सर्वोच्च अदालतकाे फैसला

सौतेनी र आफ्ना छोराछोरीबीच अंशमा विभेद गर्न नपाइने सर्वोच्च अदालतकाे फैसला

काठमाण्डौ, ७ भाद्र । सर्वोच्च अदालतले बाबु–आमाले कमाएको वा पाएको सम्पत्तिमा सौतेनी छोराछोरीलाई पनि आफ्ना छोराछोरीसरह हक लाग्ने स्पष्ट व्याख्या गरेको छ । न्यायाधीश नहकुल सुवेदी, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले २०८१ साल चैतमा गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गर्दै, सौतेनी र आफ्ना छोरा भनेर अंशमा विभेद गर्न नपाइने निर्णय गरेको हो ।

सर्वोच्चको व्याख्याअनुसार, अंशबण्डाको प्रयोजनका लागि “आमा वा छोराछोरी” र “सौतेनी आमा वा सौतेनी छोराछोरी”लाई कानूनी रूपमा समान अर्थमा लिनुपर्ने हुन्छ ।

फैसालामा भनिएको छ । 

  • बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पत्ति छोराछोरीको लागि पैतृक मानिनेछ ।

  • सौतेनी आमाले बकसपत्र, दाइजो वा अन्य माध्यमबाट प्राप्त गरेको सम्पत्ति पनि आफ्ना छोराछोरीलाई पैतृक ठहरिनेछ ।

  • फैसलाले अंश धन अन्तर्गतको सम्पत्ति आफ्नै छोरालाई मात्र पैतृक सरह हुने तर सौतेनी छोरालाई नहुने भन्ने व्याख्या कानूनी व्यवस्था र यसको मर्म विपरीत हुने ठहर गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.