भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

वीरगञ्जमा हैजा पुष्टि, तीन संक्रमित भेटिए : महानगरले सतर्कता अपनाउन अनुरोध

वीरगञ्जमा हैजा पुष्टि, तीन संक्रमित भेटिए : महानगरले सतर्कता अपनाउन अनुरोध

मुख्य मुद्दा

वीरगञ्ज–१२ मुर्ली टोलमा हैजाका तीन बिरामी भेटिए

संक्रमितमध्ये १६ वर्षीय किशोरको अवस्था गम्भीर

पिउने पानीको नमूना थप परीक्षणका लागि टेकु पठाइयो

१० वर्षपछि वीरगञ्जमा हैजा देखियो

महानगरले सरसफाइ र सतर्कता अपनाउन आग्रह

पर्सा, ७ भाद्र । वीरगञ्ज महानगरपालिका–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन् । वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्सा र नारायणी अस्पतालको टोली प्रभावित क्षेत्रमा खटिएको छ ।

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहका अनुसार मुर्ली टोलका ३० भन्दा धेरै मानिस झाडापखालासहित अस्पताल भर्ना भएका थिए । एकैपटक धेरै बिरामी आएपछि परीक्षण गर्दा तीन जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पाइएको हो ।

स्वास्थ्य शाखा प्रमुख राजु शाहका अनुसार संक्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन् । तीमध्ये किशोरको स्वास्थ्य अवस्था गम्भीर छ । प्रयोग भइरहेका पिउने पानीका नमूना थप परीक्षणका लागि काठमाण्डौको टेकुस्थित प्रयोगशालामा पठाइएको छ ।

१० वर्षपछि वीरगञ्जमा हैजा देखिएको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो । नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले पिउनेपानी उमालेर वा क्लोरीन प्रयोग गरेर मात्र पिउन, सरसफाइमा ध्यान दिन र सतर्क रहन आग्रह गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.