भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने

सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने

काठमाडौँ, १० । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई एकैसाथ राखेर सुनुवाइ गर्ने निर्णय गरेको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले आज नेपाली कांग्रेसका निर्वतमान आठ सांसदले दायर गरेको पुरक रिट निवेदनलाई पनि अन्य रिटसँगै सुनुवाइ गर्ने आदेश दिएको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाली कांग्रेसका ५७ जना पूर्वसांसदले यसअघि नै रिट निवेदन दायर गरेका थिए। विघटित संसद्का कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित आठ जना पूर्वसांसदले आफूहरूले दिएको अघिल्लो निवेदनका साथ सरिक हुन पाउनुपर्ने मागसहित पुरक रिट दायर गरेका थिए।

संसद् पुनःस्थापनाको माग गर्दै यसअघि दायर गरिएका १७ वटा रिट निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा सभामुखलगायतका निकायबाट लिखित जवाफ प्राप्त भइसकेको सर्वोच्च अदालतले जनाएको छ। अब ती सबै रिटहरूलाई एकैसाथ राखी संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो।

 


Thali Mobile Pvt.Ltd.