भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

जरिवाना नबुझाएका ६ राजनीतिक दलको दर्ता खारेज

जरिवाना नबुझाएका ६ राजनीतिक दलको दर्ता खारेज

काठमाडौँ, १० पुष । निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम जरिवाना नतिरेका दललाई सोही ऐनको दफा १२ अनुसार खारेज गर्ने निर्णय गरेको जनाएको छ।

निर्वाचन आयोगका अनुसार खारेज हुने दलहरूमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी रहेका छन्।

दलहरू लामो समयसम्म पनि कानुनबमोजिम तोकिएको जरिवाना नबुझाएको पाइएपछि दर्ता खारेज गरिएको आयोगले स्पष्ट पारेको छ।छ वटा दलको दर्ता खारेज भएसँगै हाल निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सङ्ख्या १३७ पुगेको छ।

 


Thali Mobile Pvt.Ltd.