भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

सूर्यविनायक नगरका विद्यालयहरूमा शिक्षण सिकाइको सुसूक्ष्म अध्ययन : विज्ञ टोलीद्वारा अनुगमन सुरु

सूर्यविनायक नगरका विद्यालयहरूमा शिक्षण सिकाइको सुसूक्ष्म अध्ययन : विज्ञ टोलीद्वारा अनुगमन सुरु

सूर्यविनायक, ८ जेठ भक्तपुर । सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयहरूमा शिक्षण सिकाइको गुणस्तर अभिवृद्धिका लागि कक्षा कोठा तहसम्मको सुसूक्ष्म अध्ययन सुरू गरेको छ। यस कार्यका लागि शिक्षाविद्हरू सम्मिलित एक विज्ञ अनुगमन टोली गठन गरी विद्यालय अनुगमनको जिम्मेवारी दिइएको छ।

उक्त टोलीमा रहेका शिक्षाविद्हरूले दुई–दुई जनाको समूहमा विद्यालयको कक्षा कोठासम्म पुगेर शिक्षकहरूको सिकाइ शैली, पाठ्यक्रम प्रयोग, तथा विद्यार्थीहरूको सिकाइ स्थिति बारे गहिरो अवलोकन गर्ने नगरपालिका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयाे । 

सापकोटाले जानकारी गराएअनुसार, “यो पहलले सिकाइ क्रियाकलापलाई अझ प्रभावकारी बनाउने र शिक्षकहरूको पठनपाठन कार्यप्रति जिम्मेवारिता अभिवृद्धि गराउने अपेक्षा गरिएको छ। पाठ्यक्रममा आधारित सिकाइ पद्धतिमार्फत विद्यार्थीहरूको शैक्षिक उपलब्धिमा सुधार आउने विश्वास लिएको छ।”

नगरपालिकाले अध्ययनपछि प्राप्त सुझावहरू सम्बन्धित शिक्षक, विद्यालय प्रशासन तथा नीतिगत तहमा प्रस्तुत गरी आवश्यक सुधारका उपाय अपनाउने तयारीसमेत गरेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.