भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याइने, राष्ट्रिय परिचयपत्र अनिवार्य

वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याइने, राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ, ९ जेठ । सरकारले वृद्धभत्ता वितरणसम्बन्धी नीति कडाइ गर्दै उमेरको न्यूनतम सीमा बढाउने र भत्ता पाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने निर्णय गरेको छ।

अघिल्लो महिनाको मन्त्रिपरिषद् बैठकले पूर्व सचिव रामेश्वर खनालको नेतृत्वमा रहेको उच्चस्तरीय आर्थिक सुधार आयोगको सिफारिसअनुसार यो कार्ययोजना स्वीकृत गरेको हो।

सरकारले अबदेखि वृद्धभत्ता पाउनको लागि न्यूनतम उमेर ७० वर्ष पुर्‍याउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। हालको व्यवस्था अनुसार ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई मासिक चार हजार रुपैयाँ भत्ता दिइँदै आएको छ।

कार्ययोजनामा सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ बनाउने पनि उल्लेख छ। यसबाट राज्यको सामाजिक सुरक्षा प्रणाली अझ व्यवस्थित, पारदर्शी र दीर्घकालीन रूपमा टिकाउ बनाउने लक्ष्य लिएको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.