भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सुर्यविनायकमा पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा कार्यक्रम सम्पन्न

सुर्यविनायकमा पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा कार्यक्रम सम्पन्न

भक्तपुर । सुर्यविनायक नगरपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ । आज सुर्यविनायक नगरपालिका स्वाश्थ्य शाखाद्धारा आयोेजित पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा कार्यक्रमका बिच सुर्यविनायक वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले २०७४ सालबाट सुर्यविनायक नगरलाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेको जानकारी गराएका हुन् । उनले सुर्यविनायक नगरलाई २०८३ सालसम्म बालमैत्री नगर बनाउने योजना लिएको पनि बताए ।

सुर्यविनायक नगरपालिकाले जनसाङख्यिक सर्वेक्षण गरी नगरबासीलाई थप सुविधा उपलब्ध गराउने उनले जानकारी दिए । साथै नगरपालिकाले आफै स्वास्थ्य प्रोफाइल बनाएर स्वास्थ्य शाखाको कार्यलाई सहज बनाउने सापकोटाको भनाइ छ । “हाम्रो भौगोलिक बनावटका कारण काम गरे जतिको जस नपाउने अवस्था छ । अगामी दिनमा काम गरेको जति जस पाउने हिसाबले योजना बनाएर अघि बढ्ने छौ ।” उनले भने, “स्वास्थ्य शाखाकै मागअनुरुप हामीले सबै स्वास्थ्य कार्यालयलाई ल्याबटप पनि उपलब्ध गराएका छौ । यो वर्ष गुन्डु स्वास्थ्य चौकीलाई डिजिटल प्रविधिबाट अनलाइन प्रणालीमा पनि लगेका छौ र आगामी वर्षबाट सबै स्वास्थ्य संस्थालाई अनलाइन प्रणालीमा लग्ने योजना बनाएका छौ । जसले पूर्ण खोप अभियानलाई थप सहज बनाउने छ ।”

खोप कार्यक्रम देशव्यापी कार्यक्रम रहेकाले खोप कतिले लगाए भन्दा पनि घरधुरी सर्वेक्षण धेरै महत्वपूर्ण रहेको जिल्ला जनस्वास्थ्य कार्यालयकी प्रमुख अस्मिता ओझाले बताइन् । ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा जनघनत्व बढी हुने भएकाले सहरी क्षेत्रका बालबालिकाले खोप लगाए नलगाएको विषयमा संवेदनशील बन्न उनले सुझाव दिएकी छन् । साथै सहरका अभिभावकहरु दिउँसोको समयमा कार्यव्यस्तताका कारण बालबालिकालाई खोप लगाउन नभ्याउने भएकाले खोप लगाउने समय पनि बिहान र बेलुका राख्दा सहज हुने प्रमुख ओझाले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.