भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो नियन्त्रणबाहिर, हजारौँ मानिसलाई घर छाड्न आदेश

क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो नियन्त्रणबाहिर, हजारौँ मानिसलाई घर छाड्न आदेश

काठमाडौं । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा जङ्गली डढेलो नियन्त्रणबाहिर गएपछि सरकारले हजारौँ मानिसलाई घर छाड्न आदेश दिएको छ । २५ हजार जनाभन्दा धेरै मानिसलाई तुरुन्तै आफ्नो घर खाली गर्न निर्देशन दिइएको सञ्चारमाध्यम एनबीसीले जनाएको छ । १४ सय जना अग्नि नियन्त्रक र सयौँ दमकल तथा हवाई जहाजबाट पानी खन्याउँदा पनि डढेलो निभेको छैन ।

अमेरिकामा केही ठाउँमा गर्मीले रेकर्ड तोडिरहेको बेलामा क्यालिफोर्नियाको आगलागीले जनजीवन झनै अस्तव्यस्त बनाएको छ । तापक्रम ४६ डिग्री सेल्सियस पुगेको छ । तीव्र हावाहुरी र गर्मीका कारण आगो निभाउने प्रयास असफल भइरहेको समाचार संस्था एएफपीले जनाएको छ । अहिलेसम्म १ हजार ४ सय हेक्टरभन्दा धेरै क्षेत्र आगलागीले नष्ट भएको छ ।

क्यालिफोर्नियामा यसअघि पनि आगलागीका कारण पटक पटक ठूलो क्षति भएको छ । सन् २०१८ मा भएको आगलागीका कारण ८५ जनाको ज्यान गएको थियो ।

जलवायु वैज्ञानिकहरूका अनुसार अहिले पश्चिमी अमेरिका दशकौँ लामो सुक्खापनबाट गुज्रिरहेको छ । वनमा भएका पोखरी र नदीमा पानी देखिन छाडेको र वनस्पतिहरू तीव्र गतिमा सुक्दै गइरहेका छन् ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.