भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

सुर्यविनायक नगरले भौतिक पूर्वाधारसँगै मानवीय विकासमा जोड दिएको छः उपप्रमुख भट्टराई

सुर्यविनायक नगरले भौतिक पूर्वाधारसँगै मानवीय विकासमा जोड दिएको छः उपप्रमुख भट्टराई

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकालाई सबल र विकसित बनाउनका लागि भौतिक पूर्वाधारको विकास र मानवीय विकासमा जोड दिइएको छ । भौतिक पूर्वाधारको विकास सँगसँगै मानवको पनि विकास गर्नुपर्छ भनेर सुर्यविनायक नगरपालिकाले विभिन्न योजनाहरु तयार गरेको नगर उपप्रमुख सरिता तिमलसिना भट्टराईले बताइन् ।

सुर्यविनायक नगरपालिकाले दिर्घकालीन सोचमा ‘दिगो विकास व्यवस्थित सहर,स्वच्छ समृद्ध सुर्यविनायक नगर’ भनेर आवधिक योजना पनि तयार गरेको उपप्रमुख भट्टरार्ईले जानकारी दिइन् । अबको २० वर्षमा सुर्यविनायक नगरलाई कसरी विकास गर्ने भनेर पनि आवधिक योजनामा तयार गरिसकेको उनले बताइन् । ”हामीले २०७९ साल पश्चात् विशेष गरेर स्वास्थ्य र शिक्षा क्षेत्रलाई अलि बढी जोड दिएका छौ । साथै ग्रामीण भेगको बाटो निर्माणमा पनि जोड दिइएको छ । खासगरी काक्राबारी,चित्तपोल,अन्नतलिङ्गेश्वरका बाटोहरुलाई यो पटक अलि केन्द्रित गरेका छौ ।“ उनले बताइन् ।

शिक्षातर्फ हरेक विघालयमा भौतिक पूर्वाधार पुर्याएको उपप्रमुख भट्टरार्ईको भनाइ छ । उनका अनुसार विद्यार्थीको सङख्या पनि बढ्दो क्रममा रहेको छ । “ यो वर्ष एसईईमा पनि ८५ प्रतिशत नतिजा उत्तीर्ण आएको छ । शिक्षकहरुमा पनि सुर्यविनायक नगरपालिकाले पहिलो पटक कार्य सम्पादन मुल्याङकनको आधारमा प्रअ नियुक्ति गरेको छ । विद्यार्थीहरुका लागि पनि सिक्दै पढ्दै भनेर सीपमूलक तालिम पनि ल्याएका छौं । अबको बजेटमा पढ्दै कमाउदै योजनामा पनि हामी काम गर्नेछौ ।”

सुर्यविनायक नगरपालिकाका वरिष्ठ इन्जिनियर जनक न्यौपानेका अनुसार मेलम्चीको पानी प्रथम चरणमा नगरका १ देखि ६ सम्मका वडामा वितरण गर्ने तयारी भइरहेको छ । योजनाको डिपिआर भई आठ करोडको ठेक्काबाट ८० प्रतिशत कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए । “प्रथम चरणको काम सकिएपछि सुरुमा सुवर्णश्वरको ट्याङकीमा पानी वितरण गर्छौ । त्यसपछि घट्टेखोला, दधिकोट वृहत, बालकोट, सिरुटार हुँदै पानी वितरण गरिनेछ । उनले भने ,हामीले उपभोक्ता समिति र नगरपालिकाको लागत साझेदारीमा यो योेजना बनाइएको छ । नगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबिच भएको समझदारी पत्रअनुसार केयुकेएलले प्रतिदिन २० लाख लिटर पानी दिने छ र त्यही पानी हरेक उपभोक्ता समितिलाई बाँड्ने योजना बनाएका छौ । ”

 


Thali Mobile Pvt.Ltd.