भर्खरै : Sorry, your browser does not support inline SVG.

कारागारभित्रै यातनाका कारण मृत्यु भएको आफन्तको आरोप, कैलालीमा एक कैदीको शंकास्पद मृत्यु

कारागारभित्रै यातनाका कारण मृत्यु भएको आफन्तको आरोप, कैलालीमा एक कैदीको शंकास्पद मृत्यु

काठमाडौं, ४ असार । सेती प्रादेशिक अस्पतालमा उचारकै क्रममा एक कैदीको मृृत्यु भएको छ । बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको कैलाली जिल्ला कारागारभित्रै कास्पद् मृत्यु भएको हो ।

केही दिनअघि मात्र डडेल्धुराबाट पक्राउ गरी कारागार चलान गरिएका उनलाई असार दुई गते राति एक्कासी बिरामी परेको भन्दै अस्पताल लगिएको थियो । अदालतको फैसलामा रकम बुझाएपछि रिहा हुने भनिएकाले फैसला अनुसारको रकम नाथकै खातामा असार दुई गते मात्र पठाएको मृतकका काका पदम सिंह पालीले जानकारी दिए। कारागार भित्र निर्मम यातना दिएर उनको मृत्यु भएको पालीको आरोप छ।

दुई दिनदेखि शव उठेको छैन। शवमा नीलडाम र चोटपटक देखिएकाले आफन्तहरुले भने कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको नभएसम्म शव नउठाउने अडान परिवारले राखेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नावय उपरीक्षक राजकुमार सिंहका अनुसार उपचारकै क्रममा उनको मृत्यु भएको हो। पीडित पक्षबाट केही जाहेरी आए शवको पोष्टमार्टम गरिने र थप कुरा थाहा हुने उनको भनाइ छ।

आफन्तहरूले कारागार प्रशासनसँग सीसीटीभी फुटेज माग्दा सुरुवातमा देखाउने भनिए पनि पछि ‘फुटेज बिग्रिएको’ भन्दै अस्वीकार गरेपछि घटना झनै शंकास्पद बनेको छ।

 


Thali Mobile Pvt.Ltd.