भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

सिरियाका राष्ट्रपति बसर अल–असदले दमास्कस छोड

सिरियाका राष्ट्रपति बसर अल–असदले दमास्कस छोड

एजेन्सी । सिरियाका राष्ट्रपति बसर अल–असदले दमास्कस छोडेका छन् । सिरियाको इस्लामिक विद्रोही संगठनले राजधानी दमास्कस कब्जा गरेपछि उनले राजधानी छोडेका हुन् ।

इस्लामिक चरमपन्थी समूह हयात तहरिर अल–शाम (एचटीएएस) का प्रमुख अबु मोहम्मद अल जुलानीले होम्स कब्जालाई ऐतिहासिक क्षण भनि ब्याख्या समेत गरेका छन् । यसअघि विद्रोही समुह दमस्कस प्रवेश गर्दा हजारौं सर्वसाधारण पलायन भएका छन् । सिरियाको दक्षिण पश्चिम मेजेहका हजारौं नागरिकहरु रातारात पलायन भएका हुन् ।

राष्ट्रपति असद दमस्कसबाट कता गएको भन्ने बारे स्पष्ट पारिएको छैन । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले पनि सम्भवतः राष्ट्रपति बसर अल–असदलाई लिएर एउटा निजी विमान दमास्कस एयरपोर्टबाट निस्किएको जनाएको छ ।

सिरियाको सत्ता हत्याउने उद्देश्यका साथ बिभिन्न शहर कब्जा गर्दै विद्रोही संगठन अघि बढेपछि राष्ट्रपति बसर अल असद भाग्न बाध्य भएका हुन । सिरियामा सरकार र विद्रोही समुहबीच दशकौदेखि चलिरहेको द्वन्द्वका कारण हजारैंको मृत्यु भइसकेको अवस्थामा अन्तत सिरियामाथि विद्रोही समुह आफनो प्रभुत्व जमाउन सफल भएको छ ।

सिरियाका विद्रोही समूहले दमास्कस लगायत हालसम्म हामा, देराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्स कब्जा समेत कब्जामा लिएको छ ।