भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

काठमाडौँ, १८ माघ । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रूपमा रिफर नगर्न निर्देशन दिएको छ। बोर्डले हिजो सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र जारी गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा हुँदाहुँदै पनि बिरामीलाई अनावश्यक रूपमा अन्यत्र रिफर नगर्न सचेत गराएको हो।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार अनावश्यक रिफर गर्दा बिरामीले दुःख पाउने, अनावश्यक स्वास्थ्य परीक्षण हुने तथा बीमा प्रणालीमाथि अतिरिक्त आर्थिक भार पर्ने भएकाले यस्तो अभ्यास रोक्न निर्देशन दिइएको हो।

बोर्डले यदि कुनै स्वास्थ्य संस्थाले आवश्यक सेवा उपलब्ध गराउन नसक्ने अवस्था भएमा भने रिफर पुर्जी अनिवार्य रूपमा भरी, सेवा सुनिश्चित हुने गरी नजिकको उपयुक्त स्वास्थ्य संस्थामा मात्र बिरामी पठाउनुपर्ने स्पष्ट पारेको छ।

यस्तै, अनावश्यक रिफर गरेको पाइएमा दाबी मूल्याङ्कन तथा रुजुका क्रममा त्यस्ता उपचार खर्च भुक्तानी नगरिने र स्वास्थ्य बीमा नियमावली २०७५ को अनुसूची–८ को दफा ४ (ग) अनुसार सम्बन्धित स्वास्थ्य संस्थाको सम्झौता स्थगन वा रद्द समेत गर्न सकिने बोर्डले चेतावनी दिएको छ।