भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

फिदिम, १६  साउन । पाँचथरको फालेलुङ गाउँपालिकामा एक युवकले आफ्नै श्रीमतीमाथि कोदालो प्रहार गरी हत्या गरेका छन्।फालेलुङ गाउँपालिका–७ आहाले घर भई हाल फिदिम नगरपालिका–१ नाम्दुस्थित माइती घरमा बस्दै आएकी २२ वर्षीया अनु राईमाथि उनका २७ वर्षीय श्रीमान् महेन्द्र तामाङले बुधबार राति कोदालो प्रहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार, घरबाट ससुराली आएका महेन्द्रले पारिवारिक विवादका क्रममा अनुमाथि आक्रमण गरेका थिए। कोदालोको पासोले टाउकोमा गम्भीर चोट लागेकी राईको झापास्थित बिएण्डसि अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार भएका महेन्द्र तामाङलाई प्रहरीले फिदिम नगरपालिका–६ सिवामा लुकेर बसेको अवस्थामा पक्राउ गरी नियन्त्रणमा लिएको छ। हाल उनीमाथि जिल्ला प्रहरी कार्यालय पाँचथरले हिरासतमा राखी अनुसन्धान अघि बढाएको जनाएको छ।